हिपमत डटकम

बिहिबार, जेठ ३०, २०८२ || 7915  पटक पढिएको

विराटनगर ।ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि.क, फक्तालुङ गाउँपालिका-३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका- १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!