काठमाडौं — तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रतिवादी पक्षको बहस सकिएको छ भने आज सरकारी वकिलले जवाफ दिनेछन्।

राज्यविरुद्धको अभियोगमा ५० जनामाथि मुद्दा दायर गरिएकोमा ११ जना धरौटीमा र ३९ जना हिरासतमा छन्। बहसपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने निर्णय हुनेछ।

प्रदर्शनका क्रममा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि भएका थिए। घटनामा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। प्रहरीले प्रसाईंमाथि प्रहरीलाई कुल्चने गरी गाडी चलाएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!