कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोविड–१९ को संक्रमण देखिइसकेको छ । त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ५ हजार ९८२ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २३ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २२९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०० जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४३९ जना सङ्क्रमित रहेका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ५१७ जनाको मृत्यु भएको छ । हाल ३५ हजार ४०८ जना सङ्क्रमित रहेका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ४५५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित रहेका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ३१४ जनाको मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार १९ जनाको ज्यान गएको छ । यहाँका १७ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ६३९, बेल्जियममा ४३१, स्वीट्जरल्यान्डमा २६४, टर्कीमा १०८, स्वीडेनमा १०५, पोर्चुगलमा १०० जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमणका कारण १५२ जनाको मृत्यु भएको छ । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!