हिपमत डटकम

शुक्रबार, जेठ २४, २०८२ || 5051  पटक पढिएको

विराटनगर । झापाबाट ३ जना र सुनसरीबाट १ जना लागू औषध सहित पक्राउ परेका छन् । जेठ २२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ब्राउन सुगर २ ग्राम सहित मकवानपुर हेटौडा ३ का २१ बर्षीय डेबिड लामा र बिर्तामोड नगरपालिका-२ का २९ बर्षीय संजय चौधरीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ
गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-१ का २९ बर्षीय सुजन कन्दङ्वालाई ब्राउन सुगर १ ग्राम सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान-१६ का ३० बर्षीय गोपाल राईलाई प्रतिवन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैया सहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!