हिपमत डटकम

शुक्रबार, जेठ १७, २०८२ || 14510  पटक पढिएको

गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली सिनेमा ‘परी’ को शुभमुहूर्त सम्पन्न भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज स्क्रिप्ट पूजाअर्चना गर्दै सिनेमाको मुहूर्त गरिएको हो।

मुहूर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकारहरू किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो।सो अवसरमा बोल्दै कलाकार किरण केसीले सिनेमाको स्क्रिप्ट पक्ष अत्यन्तै सशक्त भएको बताए। उनले भने, ‘यो सिनेमाको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ। साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ, जति डिरेक्टर साप गौतमले गर्नु भएको छ।’

त्यसैगरी, कलाकार दीपाश्री निरौलाले पनि सिनेमाको कथा मन परेको र निर्देशक गौतमले स्क्रिप्टमा निकै मेहनत गरेको बताइन्। उनले भनिन्, ‘हामीले मात्र होइन, सबै पक्षले नै स्क्रिप्टमा मेहनत गर्यो भने सिनेमा वाहु भन्ने बन्छ। सिनेमा वाहु भएपछि दिनानु दिन निर्माताहरु थपिनु हुन्छ। र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ, हामीले मात्र होइन। यो सिनेमाको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ। त्यसैले खेल्न राजी भए।’

‘परी’ मा किरण केसी र दीपाश्री निरौलासँगै प्रियंका कार्की, निर्देशन डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

निर्देशक गौतमले यस सिनेमाको छायांकन यही जेठ २८–२९ गतेबाट सुरु गर्ने योजना रहेको बताएका छन्। सिनेमाको छायांकन दोलखा र तनहुँ आसपासमा गरिने तयारी भइरहेको उनको भनाइ छ। निर्देशकका अनुसार, ‘परी’ को कथा हामीले कल्पना गरेका परिको कथालाई नै आधार मानेर अगाडि बढ्नेछ।

सिनेमामा बाबु श्रेष्ठको छायांकन रहनेछ भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। द्वन्द्व रोशन श्रेष्ठको रहनेछ भने संगीत दीपक शर्मा र विकास चौधरीको रहनेछ। सिनेमाका गीतहरूमा डाक्टर खेम क्षेत्री, रचना रिमाल र डाक्टर महेन्द्र भट्टको स्वर सुन्न सकिनेछ, जसका शब्द आनन्द अधिकारीले लेखेका हुन्।‘परी’ मा मेकअप सरोज पाण्डेको र केश विन्यास प्रियंका कार्कीको रहनेछ। यस सिनेमामा प्रोजेक्ट म्यानेजरको जिम्मेवारी सुवास काफ्लेले लिएका छन् भने मुख्य सहायक निर्देशक चन्द्र भण्डारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!