हिपमत डटकम

बुधबार, जेठ १५, २०८२ || 15413  पटक पढिएको

काठमाडौं – मिस युनिभर्स नेपाल २०२५ का लागि दर्ता प्रक्रिया सुरु गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा काठमाडौंस्थित हिल्टन होटलमा बुधबार आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो।

 

यो वर्ष प्रतियोगिता आठ भागमा आधारित रियालिटी टिभी शोको रूपमा प्रस्तुत हुनेछ, जसले दर्शकलाई प्रतियोगीहरूको यात्रा र चुनौती नजिकबाट अनुभव गराउनेछ।

 

राष्ट्रिय निर्देशक सङ्गीता पुरीले कार्यक्रममा यो मञ्च सबै पृष्ठभूमिका महिलाका लागि खुला रहेको र आत्मविश्वास देखाउने अवसर भएको बताइन्।

दर्ता जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ। सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु उत्तीर्ण हुनुपर्नेछ। उचाइ, तौल र वैवाहिक अवस्थामा कुनै प्रतिबन्ध छैन। गैरआवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउनेछन्।

साउनमा २५ दिने इन्टेन्सिभ ट्रेनिङ र भदौमा क्लोज क्याम्पपछि ग्रान्ड फिनाले आयोजना हुनेछ। साथै, मिस युनिभर्स नेपालले यस वर्ष अन्तर्राष्ट्रिय श्रम संगठनसँग सामाजिक सहकार्य गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!