हिपमत डटकम

सोमबार, जेठ १३, २०८२ || 4960  पटक पढिएको
file photo

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजक भाषण नगर्न सुझाव दिएका छन् । नागरिकलाइ उत्तेजक बनाउने ढंगले अभिव्यक्ति दिन नहुने भन्दै उनले ओलीलाई संयमित हुन आग्रह गरेका हुन ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले प्रधानमन्त्रीलाइ आगामी दिनमा उत्तेजक अभिव्यक्ति नदिन भने ।” हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् “, थापाले भने ।

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । जेठ १५ गतेका दिन राप्रापले समेत काठमाडाैमा विरोध कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!