आइतबार, चैत्र १६, २०७६ || 518  पटक पढिएको

कोरना भाइरस (कोभिड १९) बाट सजगता अपनाउन सरकारले लागु गरेको लकडाउनले अति विपन्न गरिव परिवार समस्यामा परेका छन् । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने अति विपन्न परिवारका नागरिकलाई रामपुर नगरपालिकाले खाद्यान्न सामग्री सहयोग गर्ने भएको छ । आज वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले वडा–वडामा अति विपन्न नागरिकको लगत सङ्कलन गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिले वडा वडाबाट अति विपन्न परिवारको लगत सङ्कलनको तथ्याङ्क निकालेपछि नगरपालिकाले खाद्यान्न सामग्री वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । ‘‘दैनिक मजदुरी, ज्यालादारी गरेर बिहान साँझको गुजारा चलाउने नागरिकहरु अति मारमा परेका छन्, रामपुरमा लकडाउनका समयमा कोही पनि खाद्यान्न सङ्कटको मारमा नपरुन् र अति विपन्न नागरिकलाई खाद्यान्न वितरण गर्ने तयारी गरेका छौँ’’ नगर प्रमुख थापाले भन्नुभयो । वडास्तरबाट तथ्याङ्क आएपछि नगरपालिकाले फोकल पर्सन तोकेर खाद्यान्न सामग्री वितरण गर्ने नगर प्रमुख थापाको भनाइ छ । लकडाउनका समयमा पसल, व्यापार, व्यवसाय बन्द रहेपछि समस्यामा रहेका नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले घर–घरमा सामान पठाउने तयारी गरेको छ । नेपाली सेनासँगको समन्वयमा नागरिकको आवश्यकताअनुसार खाद्यान्नका विभिन्न सामग्री घर घरमा पु¥याइने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!