विराटनगर । भारतको केरला , तामिलनाडु , महाराष्ट्र , कर्नाटक , दिल्ली , गुजरात , उत्तर प्रदेश लगायतका राज्यमा कोरोना भाईरस तिव्र गतिमा फैलिईरहेको छ ।
कोरोना भाईरसको नयाँ भेरियन्ट जेएन – १ का केसहरु लगातार रूपमा बढिरहेको भारतीय सञ्चारमाद्यमहरुले जनाएका छन् । यसबाहेक एनबि १.८.१ र एलएफ.७ का केसहरु पनि उल्लेख्य मात्रामा पाईएको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएपछि केरला र तामिलनाडु राज्यका सार्वजनिक स्थानहरुमा मास्क अनिवार्य गरिएको छ भने कोरोना परिक्षणलाई पनि तिव्रता दिईएको छ । कोरोनाका कारण बैंगलरुमा एक जनाको मृत्यु भएको छ भने ३८ जना सक्रिय संक्रमित रहेको बताईएको छ । दिल्लिमा बिहिवार मात्रै २३ जना नयाँ संक्रमित थपिएको बताईएको छ ।
यसैगरी महाराष्ट्र राज्यमा शनिबार मात्रै ४७ जना संक्रमित थपिएका छन् । त्यहाँ गएको जनवरी यता संक्रमित हुनेहरुको संख्या ७ हजार १ सय ४४ पुगेको छ । अहिले पनि १६६ जना सक्रिय संक्रमित रहेको बताईएको छ ।