हिपमत डटकम

शनिबार, जेठ ११, २०८२ || 977  पटक पढिएको

विराटनगर ।झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट जेठ ९ गते प्रतिबन्धित औषधि, लागूऔषध गाँजा र ब्राउन सुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा, झापाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ वर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ वर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागढी गाउँपालिका-६ का २० वर्षीय सन्तोष शंकर र मोरङको केराबारी गाउँपालिका-५ का २१ वर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८९० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागूऔषधको कारोबार गर्ने सुन्दरहरैँचा नगरपालिका-५ का २३ वर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ वर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ वर्षीय विवस लिम्बू, बेलबारी नगरपालिका-११ का ३७ वर्षीय शिशिर राई र बेलबारी-११ की ३१ वर्षीया प्रमिला राई समेतलाई १ ग्राम ब्राउन सुगर र नगद ३९ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

यसका साथै, प्रहरी चौकी ६ नम्बर बुधबारे, धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ वर्षीय मौसम लिम्बूलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्कोस्थितबाट प्रतिबन्धित औषधि TRACDOL-९०० चक्की र DIYSE-20-९०० चक्कीसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!