हिपमत डटकम

शुक्रबार, जेठ १०, २०८२ || 1025  पटक पढिएको

विराटनगर ।मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ८ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका-१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापाको झापा गाउँपालिका-४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट मेचीनगर नगरपालिका-७ ईटाभट्टा का २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउन सुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!