आइतबार, चैत्र १६, २०७६ || 626  पटक पढिएको

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आज सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको आकस्मिक पूर्ण बैठकले उक्त भाइरसको जोखिमबाट बच्न सरकारले नै पूर्णरुपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक परे मात्र इजलास बस्ने निर्णय गरको थियो । पूर्ण बैठकले सर्वोच्च अदालतसहित देशभरका अदालत र न्यायाधीकरणले यही चैत २१ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन, महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरुको कारवाही र सुनुवाइ गर्ने र बालसुधार गृहका निवेदनउपर मात्र सुनुवाइ हुने निर्णय गरेको थियो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएको हुनाले अहिलेको अवस्थाको तोकिएको प्रकृतिका मुद्दा नभएका कारण पेशी तोकिएको छैन । सर्वोच्च अदालतमा गत शुक्रबार पनि मुद्दाको पेशी तोकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!