आइतबार, चैत्र १६, २०७६ || 595  पटक पढिएको

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गर्नुभएको छ । नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए । विपन्न परिवारको घर दैलोमै चामल पु¥याई वितरण गरिएको उहाँले बताउनुभयो । दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकामा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोकभोकै बस्नु परेको फगुनिया खुनाले बताउनुभयो । “मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चार दिनअघि नै सकियो । छिमेकीको सहयोगमा केही दिन खाना खान पायौँ । छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडाध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ”, उहाँले भन्नुभयो । बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ । मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन् सुरज जैरुले भन्नुभयो, “दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौँ ।” बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!