बीरेन्द्रकुमार साह

आइतबार, जेठ ०५, २०८२ || 3458  पटक पढिएको

बिराटनगर । मोरङको धनपालथान गाउँपालिकाले किसानको सिँचाइ सुविधा बढाउने उद्देश्यले ६४ थान बोर्डिङ जडानको काम सुरु गरेको छ। पालिकाको १ देखि ७ नम्बर वडाका किसानलाई लक्षित गर्दै तीन फरक क्षमता — ५० मिटर, ७५ मिटर र १२० मिटरको बोर्डिङ जडान गर्न लागिएको हो।

यस योजनामा वडाकार्यालय, गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानी रहेको छ। किसानका खेतबारीमा भरपर्दो सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित यो योजना अघि बढाइएको गाउँपालिका प्रमुख जिवच्छ गच्छदारले जानकारी दिनुभयो।

योजनाको शुभारम्भ धनपालथान–२ बाट गरिएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख गच्छदारले गाउँपालिकामा किसानको हितलाई प्राथमिकतामा राखेर योजनाहरू सञ्चालन हुँदै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने बताउनुभयो। “किसानको उत्पादन क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।

सिँचाइ अभावकै कारण कृषिमा अपेक्षित उब्जनी नहुन थालेपछि स्थानीय तहले किसानलाई लक्षित गरेर सिँचाइ सुविधा विस्तारमा जोड दिएको हो। नयाँ बोर्डिङ जडानसँगै गहुँ, धान, तरकारी लगायतका बालीमा समयमै पानी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीय किसानहरूले यो पहलप्रति स्वागत जनाउँदै उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!