हिपमत डटकम

बिहिबार, जेठ ०२, २०८२ || 1911  पटक पढिएको

विराटनगर।झापा र मोरङको विभिन्न स्थानबाट लागू औषध खैरो हिरोइन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ३१ गते मोरङको बिराटनगर-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बेलबारी-७ का २२ वर्षीय रोशन राईलाई खैरो हिरोइन २ ग्राम १३ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलिले झापा बिर्तामोड-१ का २९ वर्षीय  बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र  इलाम माई नगरपालिका-८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई  लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!