रामकुमार परियार

शुक्रबार, बैशाख २६, २०८२ || 4959  पटक पढिएको

पथरीशनिश्चरे । अर्सित कार्कीको ह्याट्रिक संगै प्रभात सामुदायिक फुटबल क्लब पथरीमा जारी फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पथरी रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनलमा प्रभातले नाजरिन फुटबल क्लबलाई ४-० ले स्तब्ध बनाउँदै फाईनल यात्रा तय गरेको हो ।

प्रभातका लागि शुरुवाती ११ मिनेटमा नै स्ट्राईकर अर्सित कार्कीले पहिलो गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए । दिपेन माझिले हानेको फ्री-किक पोलमा ठोक्किएर फर्केपछि अर्सितले गोल गरेका थिए ।

खेलको १८ औं मिनेटमा प्रभातका क्याप्टेन सुरज राउतले गोल गर्ने सुन्दर अवसर पाएपनी गोल गर्न सकेनन् । उनको प्रहार पोलमा ठोक्किएर बाहिरिएको थिए ।

नजरिनका दिवान राईले २९ औं र ३२ औं मिनेटमा पाएको गोल गर्ने अवसर पनि खेर फालेका थिए । उनको दुवै प्रहार पोल माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा १-० ले अग्रता लिएको प्रभातले दोस्रो हाफको शुरूवातमा गोल गर्ने अवसर पाए पनि जर्सी नं १३ का खेलाडी समीर याक्खाले गोल गर्न सकेनन् । याक्खाले गोल गर्ने दुईवटा सुन्दर अवसरहरु खेर फालेपनी ४९ औं मिनेटमा धिरेन क्षेत्रीले गोल गर्दै क्लबलाई २-० को अग्रता दिलाए ।

खेलको म्यान अफ द म्याच घोषित स्ट्राईकर अर्सित कार्कीले ६० औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए भने ३० सेकेन्ड बित्न नपाई पुनः १ गोल थपेर ह्याट्रिक पूरा गरेका थिए ।

४-० को जित निकाल्दै फाईनलमा प्रवेश गरेको प्रभातले भोलि हुने देविगञ्ज फुटबल क्लब र सुनौलो कल्याण फुटबल क्लब बिचको दोस्रो सेमिफाइनलको विजेतासंग वैशाख ३० गते फाईनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!