विराटनगर।झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २३ गते मोरङ बिराटनगर-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप-महानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिवन्धित औषधी-४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले बिर्तामोड -८ स्थितमा कोठा भाडा लिई बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई खैरो हेरोईन ३ ग्राम २ सय २० मिलिग्राम सहित पक्राउ गरेको छ । सोही दिन Spasmoproxyvon ८ सय ९२ क्याप्सुल, नाइट्रोसन-७० चक्की, ESCUF-४० बोतल सहित सुनसरी धरान-८ का ३८ वर्षीय मनोज विश्वकर्मालाई र धरान उप-महानगरपालिका-३ स्थितमा रहेको क्वालिटी फुड कर्नर होटल एण्ड लजमा बसेका कैलाली धनगढी का ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई निषेधित औषधी- spasmoproxyvon ३ सय ७० क्याप्सुल सहित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।,