आइतबार, चैत्र १६, २०७६ || 541  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा जिल्लामा खाद्यान्न अभाव नहुने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभएको छ । आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्दै प्रजिअ पौडेलले जिल्लामा तीन महिनाका लागि खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु मौज्दात रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग तीन महिनाका लागि पुग्ने खाद्यान्न छ, अब गहुँलगायतका खेती पनि पाकिसकेकाले खाद्यान्न अभाव हुँदैन ।” त्यस्तै जिल्लास्थित व्यापारीको संस्था डोटी उद्योग वाणिज्य सङ्घ तथा चेम्बर अफ कमर्शका पदाधिकारीसँगको छलफलपश्चात् प्रजिअ पौडेलले जिल्लामा खाद्यान्न सङ्कट हुन नदिन तथा कालोबजारी गर्न नदिनसमेत आग्रह गर्नुभएको छ । बजारमा खाद्यान्न अभाव भए तुरुन्त जानकारी दिन जिल्लावासीलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । “कोरोनाको सङ्क्रमणबाट जोगिनोस् घरैमा बसिदिनुस्”, उहाँले भन्नुभयो, “खाद्यान्नको अभाव हुँदैन सबै व्यवस्था हामीले मिलाएका छौँ, खाद्यान्न नपाए फोन गर्नुस्, म व्यवस्था मिलाउँछु ।” लकडाउनको समयमा जिल्ला तथा नगरवासीलाई बजारमा ननिस्कन आग्रह गर्नुभयो । त्यस्तै प्रजिअ पौडेलले प्रशासनका कर्मचारीले यहाँका बजारमा रहेका डिलरमा गएर खाद्यान्नलगायतका मौज्दात रहेको दैनिक उपभोग्य वस्तुको तथ्याङ्क सङ्कलन गरेको जानकारी दिनुभयो । जिल्लामा आवश्यक परेका बेला वितरण गर्नका लागि चामल एक हजार ८०० क्विन्टल, दाल ९५ क्विन्टल, खानेतेल एक हजार २०० पेटी, नून ६९ क्विन्टल, चिनी ५० क्विन्टल, ग्यास १६५ सिलिन्डर तथा डिजेल ३० हजार लिटर मौज्दात राखिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!