विराटनगर।कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको संयुक्त आयोजनामा एक दिने निःशुल्क दन्त तथा मानसिक स्वास्थ्य शिविर सफलताका साथ सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा २७० जना प्रहरी कर्मचारीहरूले निःशुल्क दाँत तथा मुखको परीक्षण गराएका थिए। शिविरमा सहभागी सबैलाई निःशुल्क टुथपेस्ट र ब्रस पनि वितरण गरिएको थियो।
उक्त स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमीसा दास र मानसिक रोग विशेषज्ञ डा. सविता खड्का सहितको विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए।
कार्यक्रममा तालिम केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरीक्षक गुरुप्रसाद तिम्सिना, प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बु, तालिम केन्द्रका प्रशिक्षकवर्ग र आधारभूत तालिममा सहभागी प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा साना पाइला मोरङकी अध्यक्ष डा. आचार्यले तालिम केन्द्रका निमित्त समादेशक प्रहरी नायव उपरीक्षक तिम्सिनालाई क्यान्सर सम्बन्धि जनचेतना र नेपाल सरकारको स्वास्थ्य बिमा सम्बन्धि जानकारीमूलक सन्देश सहितको ब्यानर हस्तान्तरण गरेकी थिइन्।