काठमाडौं । शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषदले आन्दोलनको घोषणा गरेको छ ।
शुक्रवार बब्बन मिश्राको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गर्दै विद्यालय कर्मचारी परिषदले आन्दोलनको घोषणा गरेको हो ।
विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रमहरुको घोषणा समेत गरेको छ ।
नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको परिषदको भनाई छ ।
अबको आन्दोलन शिक्षक महासंघविरुद्ध रहने भन्दै परिषदले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परिक्षामा कालोपट्टी बाँधेर काम गर्ने जनाएको छ ।
अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने परिषदले जनाएको छ ।
विद्यालय कर्मचारी परिषदको आन्दोलनको कार्यक्रमहरु यस्तो रहेको छ :