हिपमत डटकम

बुधबार, बैशाख १७, २०८२ || 279  पटक पढिएको

विराटनगर।मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा पथरीशनिश्चरे-१ का २७ वर्षीय प्रदिप बस्नेतलाई ४ ग्राम १८ मिलिग्राम र २९ वर्षीय गोपाल भारतीलाई १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी-८ का २४ वर्षीय गोबिन्दहाङ लिम्बु र ३९ वर्षीय कैलाश रणपहेलीलाई ३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

सोही दिन प्रहरी चौकी गोलधापले चेकजाँचको क्रममा झापा हल्दीवारी गाउँपालिका-१ का २१ वर्षीय सबिन चौधरी र २१ वर्षीय रोहन चौधरीलाई प्रतिबन्धित औषधी TRAMADOL-२० ट्याव्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बुधबारेले चेकजाँचको क्रममा मेचीनगर-१२ का २४ वर्षीय प्रितम मेचेलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागु औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!