अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदिहरु रिहा गरेका छन् ।
भिडका कारण नोवेल कोरोना भाइरस (कोभिड–१९)संक्रमण जोखिमलाई मध्यनगर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकीरहेका कैदिहरुलाई बाँकी कैद बरावर जरिवाना लिएर छोड्न आदेश दिएपछि आजसम्म २१ जनालाई छोडेका हुन् । विश्व नै नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आक्रान्त भएको बेला कारागारहरुमा पनि संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रकृया पुर्याएर छोडिएको जेल प्रमुख बविता महतोले जानकारी दिए ।
क्षमताभन्दा धेरै कैदिवन्दि रहेको सिरहा कारागारमा पछिल्ला केहिदिनदेखि आफन्तहरुसँगको टेटघाटमा समेत प्रतिवन्ध लगाएके प्रमुख महतोले जानकारी दिए। पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदि वस्न सक्ने क्षमता भएको कारागारमा ५ सय ६१ जना कैदिवन्दिहरु रहेका थिए । २१ जना छुटेपछि अहिले ५ सय ४१ जना रहेका छन् । यो क्षमताभन्दा तेब्बर कैदिवन्दि हो ।
काराकार प्रमुख महतोले भिभागले अझै आधा कैद सजाय भोगेका र राम्रो चालचलन भएका कैदिहरुको नाम मागेको सुनाए । उनलेभने, ‘यो पनि जेलभित्र रहेका कैदिहरु घटाउनकै लागि हो जस्तो लागिरहेको छ, यसरी अझै केहि कैदि घटे यहाँ चाप कम हुने थियो ।’उनले आजै वेलुकासम्म त्यस्ता कैदिवन्दिको लिष्ट पठाउने आदेश अनुसार काम भईरहेको जानकारी दिए ।