हिपमत डटकम

शुक्रबार, बैशाख ०५, २०८२ || 1756  पटक पढिएको

सुनसरी ।सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ०४ गते सुनसरीको कोशी गाँउपालिका-१ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको रामधुनी- ५ का २० वर्षीय करण चौधरी, ईटहरी-४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका-५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा-६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान- ८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय किशोरको मादेन, सुनसरी धरान उप-महानगरपालिका-१० का २७ वर्षीय निरन श्रेष्ठलाई ब्राउन सुगर ३१.९६ ग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरी धरान उप-महानगरपालिका-११ स्थितबाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल-४० क्याप्सुल, कोलिवन-३० ट्याब्लेट सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!