हिपमत डटकम

आइतबार, चैत्र १६, २०८१ || 2715  पटक पढिएको

मोरङ । बेलबारी नगरपालिका-१० भाउन्ने चोकमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। सन्तोष याखाले आफ्नै घरमा चलाएको प्रशान्त होटलभित्र जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले छापा मारेको थियो।

शनिबार साँझ भएको छापामा प्रहरीले जुवाडेहरूबाट १ लाख ५ हजार ८० रुपैयाँ नगद र ८ बुँक तास बरामद गरेको छ। पक्राउ पर्नेहरूमा ४७ वर्षीय विष्णु कुमार दर्जीसहित ८ जना रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!