शनिबार, चैत्र १५, २०७६ || 3236  पटक पढिएको

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लक डाउन गर्दा गुल्मीमा सडकको काम गर्दागर्दै अलपत्र परेका ३४ मजदूरको उद्धार गरिएको छ । जाजरकोट र रुकुम पश्चिममा ३४ मजदूरको उद्धार गरिएको हो । शनिबार ३४ मजदूर घर पुगेको रुकुम पश्चिम सानीभेरी नगरपालिकाका शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काम गर्दागर्दै कोरोनाको त्रासले लक डाउन हुँदा समस्यामा परेका थियौँ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई फोन गरेपछि उहाँहरुले हामीलाई जिल्लासम्म आउने व्यवस्था मिलाउनुभयो, शनिबार घर पुगियो ।” जाजरकोट भेरी नगरपालिका र नलगाड नगरपालिकाका ३० र रुकुम पश्चिम सानीभेरी नगरपालिकाका चार गरी ३४ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई स्थानीय सरकारको पहलमा सेल्फ क्वारेन्टाइनमा राखिने नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!