विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम कम गर्नका लागि सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोन गाउँका सक्रिय युवाहरूको एक समूहले मास्क वितरण गरिएको छ । कोरोना बारे सर्वसाधारणलाई जानकारी गराउदै सिक्रोन गाउँका सक्रिय युवाहरूले माक्स वितरण गरेको हो।
सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोनका युवा अरुन सहनीले जानकारी दिए ।
मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रोन र मिर्चैया नगरपालिका वडा नं. १२का अन्य क्षेत्रमा समेत गरि एक हजार माक्स निःशुल्क वितरण गरिएको स्थानीय युवा दिलिप कामतीले बताए ।
युवाहरूको सो समुहले गाउँ भरी नै लकडाउनको पालना गराउनु को साथै युवाकै नेतृत्व मा स्वास्थकर्मीलाई समेत साथमा लिएर गाउँ भरी नै जनचेतना फैलाउने काम गरेको अर्को स्थानीय युवा अरबिन्द सहनीले बताए । स्थानीय युवा सहनीले सबैलाई अत्याबश्यक कामबाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन आग्रह समेत गरेका छन् । मिर्चैया नगरपालिका वडा नं. १२ सिक्रोनको युवाहरूको यो समूहले ‘सामाजिक कामका लागि युवा’ भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।
बजारमा माक्सको अभाव देखिएको बेला कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको युवा धिरज कामतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!