शनिबार, चैत्र १५, २०७६ || 1411  पटक पढिएको

झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि(साकोस) ले कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा रहेकालाई राहतस्वरुप रु २० लाख बराबरको खाद्य सामग्री वितरण शुरु गरेको छ । संस्थाको सेवा क्षेत्र प्रदेश नं १का झापा, इलाम, पाँचथर, उदयपुर, मोरङ्ग र सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामग्री वितरण गर्दै जाने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो । हरेक जिल्लाको स्थानीय तहमा रहेका विपत् व्यवस्थापन समितिको समन्वयमा संस्थाका कर्मचारी सबैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोषमार्फत खाद्यान्न उपलब्ध गराइएको कार्यकारी प्रमुख गिरीले जानकारी दिनुभयो । सोही क्रममा झापाको कनकाई नगरपालिकाले व्यवस्थापन गरेको कनकाई १ स्थित दलित सामुदायिक भवन दुर्गापुरमा रहेको क्वारेन्टाइनमा अतिआवश्यकीय खाद्य सामग्री दाल, चामल, नुन, तेल, तरकारीलगायत वितरण गरिएको छ । कोरोना भाइरसको आशंकामा आफ्नो कार्य क्षेत्र कनकाईको दुर्गापुरस्थित कोरेन्टाइन स्थलमा नै गएर साकोसका कर्मचारीले नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापक लक्ष्मी अधिकारीलाई सामग्री हस्तान्तरण गरेको साकोसका कर्मचारी केपी लुइँटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!