शनिबार, चैत्र १५, २०७६ || 2115  पटक पढिएको

हेलम्बु गाउँपालिकाले प्रत्येक वडाको ३९ ठाउँ तोकेर क्वारेनटाइन निर्माण गर्ने भएको छ । शुक्रबार हेलम्बु गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाभरि ३९ ठाउँमा जम्मा ३०५ श्ययाकोे क्वारेन्टाइन निर्माण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साथै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । बैठकले हेलम्बुवासीलाई घर नछाड्न र लकडाउनलाई कडाइका साथ पालना गर्न पनि आह्वान गरेको छ । बैठकले गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित वडाका लागि निर्णय भएको क्वारेनटाइनस्थलको सुक्ष्म अध्ययन गरी गाउँपालिकामा आवश्यक सामग्रीको विवरण र टोल स्वास्थ्य सुधार समितको विवरण अविलम्ब पेश गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । खाद्य सामग्री वितरण नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गर्नु भएको छ । पूर्वमन्त्री बस्नेतले ५३ मजदुर र वृद्धवृद्धालाई चामल, दाल, नुन, तेल र हात धुने साबुन वितरण गर्नुभएको हो । लकडाउनले बिहान–बेलुका खानाको समस्याले पिरोलिएका मजदुरलाई १५ केजीका दरले चामलका साथै दाल, नुन, तेल र साबुन वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!