कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने सम्भावित अवस्थालाई ध्यान दिँदै रोशी गाउँपालिकाले तीन वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखेको छ । गाउँपालिकाभित्र अस्पताल, स्रोतसाधन र सामग्री नभएका कारण यदि त्यस्तो परिस्थिति आइपरेमा थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पु¥याउन एम्बुलेन्सलाई तयारीका साथ राखेको गाउँपालिका अध्यक्ष दलबहादर लामाले बताउनुभयो । अस्पताल र अन्य भौतिक पूर्वाधारका साथै स्रोत साधनको अभावका कारण आइसोलेसन कक्ष भने तयार गर्न नसकेको उहाँले बताउनुभयो । सो पालिकाले वडा नं २ को लक्ष्मीनारायण माध्यमिक विद्यालय नारायणटार र वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजया माध्यमिक विद्यालयमा पाँच÷पाँच श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ ।