शनिबार, चैत्र १५, २०७६ || 450  पटक पढिएको

लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ । नगरपालिकाको शुक्रबारको बैठकले तीन बुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान राजरङ्गशालामा सामाजिक दूरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो । गुद्री तरकारी हटियामा जग्गा छोटो भएर भीडभाड बाक्लो हुन थालेपछि यस्तो तरिकाले आम जनसमुदायमा तरकारी किनमेलका लागि सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राजरङ्गशालामा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकबीच दुई मिटरको दूरी कायम गरी घेराचिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्न पाइने व्यवस्था मिलाइएको राजविराज नगरपालिकाले जनाएको छ । विश्वभरि फेलिएको कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि घरघरमा पु¥याउने व्यवस्था गर्ने र अनलाइनमार्फत खाद्यान्न सामग्री घरघरमा पु¥याउने प्रयाससमेत भइरहेको व्यापारीले बताएका छन् । नगरपालिकाले शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि (डिसइन्फेक्टान्ट) औषधि नियमितरूपमा छर्ने निर्णय पनि गरेको छ । अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँघुरो रहेकाले यसलाई मध्यनजर गरी राजरङ्गशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ । नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडाध्यक्षलाई समेत निर्देशन दिएको नगरप्रमुख यादवले जानकारी दिनुभयो । वडा नं ८ स्थित पुलचोकमा पाँच, सिन्हाग्यारेज नजिक दुई र रुपनी रोडस्थित सफटेक कलेज नजिक तीन तरकारी पसल व्यवस्थितरूपले सञ्चालनका लागि तयार भएको राजविराज नगरपालिका–८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!