शुक्रबार, चैत्र १४, २०७६ || 832  पटक पढिएको

कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थित तारानगरको भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ।

यस्तै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा समेतले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको थियो । डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!