शुक्रबार, चैत्र १४, २०७६ || 762  पटक पढिएको

चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ । बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । रु १८ लाख जम्मा हुने कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो । सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान मेलम्चीबाट नियण्त्रणमा लिएको छ । काठमाडाँैबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । ‘लकडाउन’ पूर्ण कार्यान्वयन सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!