मंगलबार, मंसिर २४, २०७६ || 1847  पटक पढिएको

 

हिपमत डटकम
ओखलढुङगा,मंसिर २४।

ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका(८ भुसिङगा बस्ने बर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे जानाकरी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटि गई घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!