शुक्रबार, चैत्र १४, २०७६ || 696  पटक पढिएको

विश्वव्यापी रुपमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरस सङ्क्रमति व्यक्तिको सङ्ख्या अमेरिकामा सबभन्दा बढी भएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । अमेरिकामा कोरोना भाइरस सङ्क्रमतिको पछिल्लो सङ्ख्या ८५ हजार ५९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङक्रमितका यो सङ्ख्या चीनको भन्दा बढी हो । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरको शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनमा शुक्रबारसम्म ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा कोरोना भाइरसको कारण ८० हजार ५८९ जना सङक्रमित रहेका छन । इटलीमा दुई दिनको तुलनामा यस भाइरस प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या फेरी बढेको छ । त्यहाँ एकै दिनमा ७१२ जनाको ज्यान गएको छ । फ्रान्समा एक दिनमा ३६५ जनाको मृत्यु भएको भने,् बेलायतमा पनि एकै दिनमा पहिलो पटक १०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!