हिपमत डटकम

आइतबार, मंसिर १६, २०८१ || 7537  पटक पढिएको

मोरङ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा बिहान ११:२० बजेसम्म ६ हजार ८ सय २६ मत खसेको छ। सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

यस उपनिर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। ७ वडा रहेको ग्रामथान गाउँपालिकामा १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएका छन्। कुल २६ हजार ४४ मतदाता रहेको यस पालिकामा मतदान जारी छ।

गत असारमा नेपाली कांग्रेसका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि रिक्त रहेको पदका लागि यो उपनिर्वाचन भइरहेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!