शुक्रबार, चैत्र १४, २०७६ || 685  पटक पढिएको

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । उहाँका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् । जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०, जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् । विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् । उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरुलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!