बिहिबार, चैत्र १३, २०७६ || 1101  पटक पढिएको

कोरोना भाइरस (कोभिड(१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको अस्पतालले जनाएको छ ।

सामान्य ज्वरो तथा खोकीको समस्या भएका अर्याललाई गत शनिबार अकस्मात चक्कर लागेपछि स्थानीय क्वीन एलिजाबेथ अस्पतालमा लागिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

ब्लड प्रेसर बाहेक अन्य कुनै रोग नरहेको पारिवारिक स्रोतले बताएको छ । बेलायतमा एकाउन्टिङ फर्ममा कार्यरत अर्यालका श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन् । उनको पुख्र्यौली घर चितवन हो ।

यसअघि कोरोनाकै कारण लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको निधन भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!