बिहिबार, चैत्र १३, २०७६ || 682  पटक पढिएको

लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडाँै लगिएको हो । आज उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौँ गएका छन् भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रीक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो । मङ्गलबार र बुधबार दुई दिनमा १० बिरामी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । अहिले पनि लुक्लामा करिब १५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ । उद्धार गरिएका फ्रान्सेली नागरिकलाई आफ्नो देश फर्काउन फ्रान्सबाट चार्टर विमान नेपाल पठाउने तयारी भइरहेको बताइएको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!