रामकुमार परियार

बिहिबार, कार्तिक २९, २०८१ || 407  पटक पढिएको

मोरङ।परियार बन्धुहरुको एकता र हितमा क्रियाशिल परियार सेवा समाजको प्रथम कोशी प्रदेश सम्मेलन सुनसरीको ईटहरीमा हुने भएको छ । समाजको कोशी प्रदेश तदर्थ समितिको बुधबार मोरङको बेलबारीमा सम्पन्न बैठकले आगामी मंसिर १ र २ गते ईटहरीको गंगा जमुना होटलमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

समाजले कोशी प्रदेश सम्मेलन सम्पन्न गर्न केन्द्रिय सचिव सुमन सिंह परियारलाई प्रतिनिधिका रूपमा खटाएको छ भने प्रमुख अतिथिका रूपमा संस्थापक कोषाध्यक्ष एवम् पुर्व राजदुत पदम सुन्दाश सहभागी हुने बताईएको छ ।

सम्मेलनमा कोशी प्रदेशका १४ जिल्लाका प्रदेश प्रतिनिधिहरु , केन्द्रिय पदाधिकारी तथा सदस्यहरु , जिल्ला समितिका पदाधिकारी , परियार समुदायबाट निर्वाचित संघ , प्रदेश तथा स्थानीय पालिकाका जनप्रतिनिधि तथा शुभचिन्तकहरु सहभागी हुनेछन् ।

२०५२ सालमा स्थापित समाजको पाँचौ राष्ट्रिय सम्मेलन गत असोज ५ र ६ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अवकाशप्राप्त मेजर बलबहादुर सुन्दासको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको समाजले देशैभरिका परियारहरुलाई एकताबद्द गरि कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!