हिपमत डटकम

शनिबार, कार्तिक १०, २०८१ || 1378  पटक पढिएको

सिन्धुली । तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला मादलै मादल छन् ।

नयाँमा दल बनाउने र बिग्रिएको मादल मर्मत गर्ने सीप भएका सुनुवारलाई भ्याइ नभ्याई छ । खाना–खाजा र आराम गर्ने समयसमेत छैन । ‘आफूले मात्रै नभ्याएर तीन जनालाई ज्यालामा काम लगाएको छु । सधैँ यसरी काम आउँदैन । काम आएको बेला त गर्नै पर्‍यो नि, होइन ?’, उनले भने ।

एक हजार दुई सय रुपैयाँ प्रतिकामदारको ज्याला छ । अहिले ६० वटा मादल जम्मा भएका छन् । ‘बिग्रिएको मादल बनाउन यहाँ ल्याएर छोडेका हुन्,’ उनले भने, ‘कुनै मादल बनिसकेका छन् । कुनै बन्ने क्रममा छन् ।’

बनाउन ल्याएका अधिकांश मादल खरी लगाउनुपर्ने अवस्थामा छन् । दिनमा एक व्यक्तिले तीनवटासम्म मादलमा खरी लगाउन सक्ने उनले बताए । एउटा मादलको दुई पट्टि खरी लगाएको रु एक हजार पाँच सय लिने गरिएको उनले बताए ।

तिहारमा घिन्ताङ–घिन्ताङमादलबजाएर नाँच्दै देउसी र भैली खेल्ने गरिन्छ । देउसी– भैलोको भाका मादलविना अपूरो हुन्छ । तिहार नजिकिएसँगै मादलको माग बढेको छ । मादल बनाउने सीप भएका सुनुवारको घरमा देउसी–भैलो खेल्न नयाँ मादल किन्ने, पुरानो मादलमा खरी हाल्ने, मादल कस्ने र छाला फेर्नेको भीड देखिन्छ ।

बिग्रिएका मादल बनाएर मात्रै १५ दिनको अवधिमा ६० हजार बढी आम्दानी हुने उनको आकलन छ । बूढेसकालले छुनै लागेका सुनुवारले १९ वर्षको उमेरदेखि मादलबनाएर बेच्ने गर्थे ।

तिहारमा मादलको माग बढी हुन्छ तर कच्चा सामग्रीको अभाव छ । मादल बनाउन अत्यावश्यक कच्चा सामग्री सङ्कलन गर्नै मुस्किल पर्ने उनको भनाइ छ। विशेषगरी मादल बनाउन अत्यावश्यक गाई, गोरुको छाला र काठको अभाव हुँदा समस्या भएको उनले बताए । १९ वर्षको उमेरदेखि मादल बनाउँदै आएका सुनवारले भने, ‘अहिले काठ पाउनै मुस्किल छ । जङ्गलमा पाइएको काठ पनि काट्न पाइँदैन । छालाको त्यस्तै समस्या छ ।’

मादल बनाउने काठ र छालाको अभाव हुँदा आफूसँग भएको सीपलाई व्यावसायिक रुपमा विस्तार गर्न नसकिएको उनको गुनासो छ । ‘यो पेसा संरक्षणमा स्थानीय सरकार, सङ्घ–संस्थाकतैबाट सहयोग भइदिए मादल बनाउने पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउने थिए,’ उनले भने ।

पहिलाको तुलनामा मादलको माग कम भए पनि अझै केहीले राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनको अनुभव छ । मादल बनाउन कानुनले बन्देज गरेका कतिपय कच्चा सामग्रीसमेत आवश्यक गर्ने भएकाले मादल बनाउने पेसाकर्मीलाई कठिन भएको फिक्कल गाउँपालिका प्रमुख पार्वती सुनुवारको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!