बिहिबार, चैत्र १३, २०७६ || 1019  पटक पढिएको

महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाउने बताउनुभयो । साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!