बिहिबार, चैत्र १३, २०७६ || 655  पटक पढिएको

प्युठान नगरपालिकाले लकडाउनको अवस्थामा नगरवासीलाई खाद्यन्नको अभाव हुन नदिने भएको छ । यसका लागि नगरपालिकाले खाद्यन्न अभाव भए तुरुन्त जानकारी दिन नगरवासीलाई आग्रह समेत गर्दै नगर उपप्रमुख शान्ता आचार्यको अध्यक्षतामा दशवटै वडाका वडाअध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहभागी एक समिति समेत गठन गरेको नगरपालिकाका सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १ वडाअध्यक्ष रमेशकुमार आचार्य, २ मुक्ति पोख्रेल, ३ प्रेमबहादुर हमाल, ४ लक्ष्मीप्रकाश राजभण्डारी, ५ लक्षुमन भण्डारी, ६ कमानसिंह पुनमगर, ७ नेत्र केसी, ८ मालिलापसिंह केसी, ९ नेहरसिंह केसी र १० मा दिमगिरीले आफ्ना वडवासीसँग समन्वय गरी खाद्यान्न पु¥याउनुहुुने छ । नगरपालिकाले नगरवासीलाई बजारमा ननिस्कन आग्रह समेत गरेको छ । नगरक्षेत्रका १० वटै वडामा पुगेर बाहिरबाट आएकाको लगत सङ्कलन तथा कोभिड १९ को रोकथामका सन्देश प्रवाह गरिरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । नगरपालिकाले सो भाइरसको सम्भावित जोखिम अन्त्य गर्न निगरानी कक्ष (क्वारेन्टाइन ) बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!