हिपमत डटकम

आइतबार, आश्विन १३, २०८१ || 4409  पटक पढिएको

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर आइतबार विराटनगरमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। अस्पतालले हरेक वर्षझैँ यस वर्ष पनि मुटु रोगप्रति जनचेतना जगाउने उद्देश्यले रयाली निकालेको हो।

न्युरो अस्पतालबाट सुरु भएको रयालीले सिद्धार्थ चौक, अस्पताल चौक, जिल्ला प्रशासन चौक हुँदै विभिन्न क्षेत्र परिक्रमा गरेको थियो। रयालीमा अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्टलगायत चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले ‘वजन घटाऔँ, मुटु बचाऔँ’, ‘तनाव हटाऔँ, मुटु बचाऔँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। न्युरो अस्पतालले १३ वर्षअघिदेखि पर्वान्चलकै पहिलो क्याथ सेवा सुरु गरेको हो। अस्पतालमा मुटु सम्बन्धी सबै प्रकारका उपचार सेवा उपलब्ध छन्। अस्पतालले असोज १३ देखि १८ गतेसम्म मुटु सम्बन्धी निःशुल्क ओपिडी सेवा र जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!