हिपमत डटकम

बुधबार, आश्विन ०२, २०८१ || 9217  पटक पढिएको

नेपाली कांग्रेसका सभापति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।

बुधबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले यो कुरा बताएका हुन्।

उहाँले पार्टीले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबारे उठाएका प्रश्नहरू अब प्रमाणित भएको दाबी गरे। संसदीय छानबिन विशेष समिति गठन गर्दाका बेला लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेमा आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई यस विषयमा समिति बनाउन दबाब दिनुभएकोमा धन्यवाद दिए।

उहाँले रवि लामिछानेलाई चलाख मान्छे भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही रहेको बताए।

उहाँले भने, “सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर उठाउनुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। मैले भनेको कुरा पत्याउन सकिरहेको थिइनँ, तर अब प्रमाणित भएको छ। रवि लामिछाने कति चलाख मान्छे हुनुहुन्छ भन्ने कुरा थाहा भयो। यो कुरा सुनेर म छक्क परेँ। तपाईंले जित्नुभयो, त्यसको लागि धन्यवाद। जिल्लामा राम्रो संगठन बिस्तार गरौँ, झगडा नगरौँ, मिलेर अघि बढौँ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!