विराटनगर। एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेका छन्।
विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६(३५ अंकले पराजित गर्दै उपाधि जितेको छ। महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६(२४ अंकले हराउँदै विजेता बन्न सफल भएको छ। एभरेष्ट स्कुलले दुवैतर्फ तृतीय स्थान प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा विकेभीएमका आकाश यादव र अरनिको स्कुलकी नोभा ओझा घोषित भएका छन्। उनीहरुले ट्रफी र २,५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। सगरमाथाका नविन मेहेता र विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भएका छन् र उनीहरुले ट्रफी र जर्सी पुरस्कार प्राप्त गरेका छन्। डिफेन्सीप खेलाडीको रूपमा सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल सम्मानित भएका छन् र उनीहरुले ट्रफी पुरस्कार प्राप्त गरेका छन्।
विजेताहरूलाई ट्रफी, मेडल, र प्रमाण पत्र नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केटबल संघका उपाध्यक्ष अनिल राई, तेज राज गिरी, नवनित प्रधान, सरोज बस्नेत, सागर ढुंगाना, अनुभव दाहाल लगायतले वितरण गरेका थिए।
प्रतियोगिताको संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुष तर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी भएका थिए। होम एण्ड अवे फर्म्याटको लिग प्रणालीमा आयोजित प्रतियोगितामा प्रत्येक टिमले पहिलो चरणमा ६ खेल खेलेका छन्। महिलातर्फ भने एउटा टिमले सबै टिमसँग प्रतिस्पर्धा गरेको थियो। ूयो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्छ,ू संयोजक कट्वालले भने।
विराटनगर बास्केटबल एकेडेमीले आफ्नो वार्षिक खेल कार्यक्रम अन्तर्गत असोज महिनामा कर्पोरेट ३र३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ।