हिपमत डटकम

शुक्रबार, भाद्र २८, २०८१ || 1058  पटक पढिएको

काठमाडौं, २८ भदौ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने बारे पार्टीले अझै कुनै निर्णय नगरेको जानकारी दिएका छन्। आज (शुक्रबार) सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस विषयमा एमालेले केही समय अघि निर्णय लिन नसकेको बताए।

‘अहिले हामीले के गर्ने भन्ने बारे निर्णयमा पुगेका छैनौं। यो संसदको विषय हो। संसदलाई कसरी मर्यादित राख्ने भन्ने कुरामा संसदीय दल र संसदले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ,’ उनले भने।

उपसभामुख रानामाथि उठेका आरोपहरूको स्पष्टिकरण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वयं उपसभामुख रानाले गर्नुपर्ने एमालेको धारणा महासचिव पोखरेलले व्यक्त गरे। यदि रानाका बारेमा उठेका मुद्दा सही भएमा उनी पदमा बस्न उपयुक्त नरहेको उनले बताए।

एमालेले उपसभामुख रानासम्बन्धी आएका आरोपहरूको सत्यता बुझ्न सक्ने अवस्था अझै प्रस्ट छैन। यता, नेपाली कांग्रेसले भदौ ३० गते संसदमा उपसभामुख रानालाई पदमुक्त गर्ने प्रस्ताव पेश गर्नुपर्ने दबाब दिइरहेको र कांग्रेसबाट नयाँ उपसभामुख बनाउने समझदारी भएको छ। यसैले कांग्रेसले यस विषयमा बल दिन थालेको छ। यस बीच, उपसभामुख रानालाई हटाउन दुई तिहाइ बहुमत नपुग्ने सम्भावना देखिएकोले एमालेले सावधानी अपनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!