हिपमत डटकम
काठमाडौं,,मंसिर २३।

आज (सोमबार) १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ ।

जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । साग अन्तर्गत महिला फुटबलको फाइनल खेल आज हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ ।

बास्केटबल अन्तर्गत आज सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १ सय ४५ स्वर्णसहित अग्रता बनाएको छ भने ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!