हिपमत डटकम

सोमबार, भाद्र १७, २०८१ || 1044  पटक पढिएको

मुम्बई: बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘इमरजेन्सी’को रिलिज रोकिएको छ। यसअघि चलचित्रलाई सेप्टेम्बर ६ मा रिलिज गर्ने तयारी गरिएको थियो।

अब सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले चलचित्रमा काटछाँट गर्ने निर्णय गरेको छ। यस कदमको मुख्य उद्देश्य कुनै पनि धर्म वा व्यक्ति विशेषको भावनामा आघात नपुगे भन्ने हो।

सार्वजनिक प्रदर्शनको क्रममा, आइतबार मुम्बईको चार बंगलास्थित गुरुद्वाराबाहिर सिख समुदायले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले चलचित्रमा ऐतिहासिक तथ्यलाई विकृत रूपमा प्रस्तुत गरिएको आरोप लगाउँदै, चलचित्रलाई पूर्णरूपमा प्रतिबन्ध लगाउन र कंगनामाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनको अगुवाइ गरिरहेका जसपाल सिंह सुरीले चलचित्रलाई हिन्दु, मुस्लिम र सिखहरूलाई आपसमा भिडाउने प्रयासको आरोप लगाउँदै, रिलिज भएमा हिंसा भड्कन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!