हिपमत डटकम

शुक्रबार, भाद्र १४, २०८१ || 48739  पटक पढिएको

शुक्रबारदेखि मिलन चाम्सको निर्देशनमा तयार फिल्म ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ। अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिका रहेको यो फिल्म आजदेखि देशभरका हलमा लागिसकेको छ।

 

फिल्ममा आँचल र विवेकका साथै विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त लगायतका कलाकारहरूको अभिनय छ। ‘सकम्बरी’ गीतबाट चर्चित कुसुम शर्माको यो पहिलो फिल्म हो।

 

प्रदीप भारद्धाजको लेखनमा आधारित यो २ घण्टा २० मिनेट लामो रोमान्टिक–ड्रामा फिल्मको निर्माता जानुका थापा हुन्। पोखरा र काठमाडौंमा प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मले दर्शकको साथ पाउने विश्वास निर्माण टिमको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!