केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्मात्री पूनम गौतम लण्डन पुगेका थिए । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएका उनीहरु नेपाल फर्र्किएको तीन साता भयो । लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग भएको थियो । रानाभाटले साम्राज्ञीसँग टाँसिएर तस्विर पनि खिचाइन् । त्यही भेटले साम्राज्ञीलाई अहिले तनाव दिएको छ ।किनकी, भगवती कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएकी छन् । भगवतीले स्वयम्ले सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी थिइन् ।
साम्राज्ञी आफूले भगवतीलाई त्यहीँ पहिलो पटक भेटेको बताउँछिन् । उनले भनिन्, ‘म उहाँलाई चिन्दिन । २३ दिन अगाडि चलचित्र प्रदर्शनको शिलशिलामा उहाँलाई भेटेको थिए । त्यहाँ फोटो खिचियो । त्यती मात्रै हो ।’ साम्राज्ञी अहिले पुर्णरुपमा स्वस्थ छिन् । तर पनि निश्चिन्त हुन सकिरहेकी छैनन् । आफ्नो परिवारसँग घरमै उनको समय बितिरहेको छ । – अनलाइन खबर ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!